पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ।
उनमा अक्सिजन लेबल कम भएर श्वासप्रश्वासमा समस्या भएपछि बुधबार आइसीयूमा सारिएको थियो । बिहिबारबाट भने उनलाई प्लाज्मा थेरापी विधिमार्फत उपचार गरिएको अस्पतालले जनाएको छ ।
पूर्व रानी कोमलमा अलि बढी नै समस्या देखिएको बताइएको छ । उनको हाइ फ्रलो अक्सिजनको सपोर्टमा आइसीयूमा उपचार भइरहेको छ भने पूर्व राजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । यद्यपी उनी पनि अक्सिजनको सपोर्टमा भने रहेका छन्।
भारतमा लागेको कुम्भ मेलामा सहभागी भएर आएका पूर्वराजा -रानीमा यहाँ आएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा