काठमाडौंमा यी सवारी साधनलाई पास आवश्यक नपर्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले केही सवारीसाधनका लागि पास नचाहिने भन्दै त्यसको सूची सार्वजनिक गरेको छ ।
कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट जारी निषेधाज्ञामा अत्यावश्यक बाहेकको सवारीसाधन चल्न नदिने निर्णय गरेको भए पनि केही सेवाहरु भने सूचारु भएकाले त्यसका लागि पास नचाहिने जनाइएको हो । यसरी पास नचाहिनेहरुमा बैंक, वित्तिय संस्था, सरकारी कार्यालय, सार्वजनिक संस्थान, नेपाल राष्ट्र बैंकबाट इजाजत लिई वित्तिय कारोवार गर्ने संस्था, एअरपोर्ट आउ जाउ गर्ने यात्रु, बिरामी र बिरामीका कुरुवा रहेका छन्।
काठमाडौं प्रशासनले सूचना जारी गर्दे यस्ता कार्यमा बाहिर निस्केकालाई कतैबाट अवरोध भएमा तुरुन्त नेपाल प्रहरीको १०० र १०३ नम्बरमा फोन गर्न समेत भनिएको छ । यसैगरी अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी पास बनाउनेको भिड लागेको भन्दै शुक्रबारदेखि मृत्यु संस्कार र अत्यन्त जरुरी देखिएमा मात्र पास दिइने प्रशासनले जनाएको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै आजदेखि लागू हुने गरी १५ दिनका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त