नेपालमा भयावह बन्दै कोरोना : आज एकैदिन ३५ जना कोरोना संक्रमितको मृत्यु
२४ घण्टामा झण्डै ५ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना महामारी शुरु भए यता यसरी एकैदिन ३५ जनाको मृत्यु हुनु अहिलेसम्मकै उच्च संख्या हो ।
योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा झण्डै ५ हजार कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज एन्टिजेन र पीसीआर परी ४ हजार ९२८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या नै ३४ हजार ११७ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । तीमध्ये २ लाख ८० हजार १६७ जना संक्रमणमुक्त भइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा