कोरोना कहर : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि भन्दै आजदेखि काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा आज बिहान ६ बजेदेखि लागू भएको हो । कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिन थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको भए पनि मन्त्रीपरिषदबाट एक साता थप गरी सोमबार दुई साताको निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो ।
उपत्यकामा काम, पढाई लगायतका काम विशेषले बसेकालाई घर फर्कन चाहेमा २ दिनको समय दिएर निषेधाज्ञाको समय तोकिएको थियो । नेपालमा कोरोनाको दोस्रो लहरमा बालबालिका तथा युवाहरु बढी संक्रमणमा परेका छन् । यसपटक कोरोनाको जटिलता र मृत्युदर दुबै उच्च रहेकाले सरकारले सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै निषेधाज्ञाको पालना गरी घरमै बस्न अपिल गरेको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने छन्। नेपालमा हालसम्म ३ लाख १२ हजार ६९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार २११ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
सरकारले ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा स्थानीय सरकारलाई निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको छ । हाल १२ जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् भने १० जिल्लामा २ सय भन्दा बढी संक्रमित रहेका छन्। यी जिल्लाहरुमा पनि कतै लकडाउन त कतै निषेधाज्ञा गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा