पछिल्लो २४ घण्टामा झण्डै ५ हजार संक्रमित थपिए, १७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन झण्डै ५ हजार कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ । उता कुल कोरोना संक्रमितको संख्या पनि बढेर ३ लाख १२ हजार ६९९ पुगेको छ ।
आज भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या ९८ रहेको छ भने ३१७ जना संक्रमित आइसीयूमा रहेका छन्। मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै २ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन्। हाल देशभर ३० हजार २०९ सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ८९ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पीसीआर परीक्षण गरिएकोमध्ये संक्रमणदर १२ दशमलब ८ प्रतिशत पाइएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमण पुष्टि हुनेहरुमा ६४ दशमलब १ प्रतिशत पुरुष र ३५ दशमलब ९ प्रतिशत महिला रहेका छन्।
उता काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, कास्की, चितवन लगायतका १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी १० जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यी जिल्लाहरुमा कोरोना नियन्त्रणका लागि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा