Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा ८ डाक्टर, ३३ नर्ससहित ७३ जना कर्मचारीमा कोरोना संक्रमण

भेरी अस्पतालमा ८ डाक्टर, ३३ नर्ससहित ७३ जना कर्मचारीमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाको हटस्पट बाँकेको भेरी अस्पतालमा डाक्टरसहित ७३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार कोरोनाको दोस्रो लहर शुरु भए यता वैशाख १ गतेदेखि १४ गतेसम्म ७३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसरी संक्रमण पुष्टि हुनेहरुमा डाक्टर ८ जना, नर्सिंङ स्टाफ ३३ जना, सरसफाई कर्मचारी तथा हेल्पर २२ जना, प्यारामेडिक्स ८ जना र प्रशासनका कर्मचारी २ जना रहेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या अत्यधिक भएपछि भेरी अस्पतालले धान्नै नसक्ने गरी बिरामी भर्ना भएका छन्। जसका कारण एक जना स्वास्थ्यकर्मीले कयौं बिरामी हेर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

एकातिर संक्रमितको संख्या दिनानुदिन बढ्दै जानु र उपचारमा खटिएका डाक्टर तथा अन्य स्वास्थ्यकर्मी संक्रमणमा पर्दा उपचारमा समस्या देखिन थालेको बताउँछन् अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे ।

अस्पतालमा जनशक्ति कम भएका कारण अहिले भएका डाक्टर तथा स्वास्थ्यकर्मीले आफनो ज्यानको परवाह नगरी एउटा मास्ककै भरमा पनि रातदिन बिरामीको सेवा गरिरहेका छन्। कयौं संक्रमितलाई बेड नहुँदा पनि अस्पताल परिसरमै राखेर अक्सिजन दिइरहेको दृश्य भेरी अस्पतालमा देख्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार