Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजारभन्दा बढी, ३१५ जना आइसीयूमा

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजारभन्दा बढी, ३१५ जना आइसीयूमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर आइसोलेसनमा रहने सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

तीमध्ये २३ हजार ३५२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८७३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३१५ जना संक्रमितको आइसीयूमा र ८४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो समय पुष्टि हुने कोरोना संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढीमा कडा खालका लक्षणहरु देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै आइसीयूमा ११२ र भेन्टिलेटरमा ४५ जना संक्रमित रहेको तथ्यांक छ । नेपालमा हालसम्म ३ लाख ७ हजार ९२५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २ लाख ७८ हजार ५०६ जना भने संक्रमणमुक्त भइसकेका छन्।

हालसम्म देशभर ३ हजार १९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोनाको दोस्रो लहरमा संक्रमण र मृत्युदर दुबै उच्च रहेको पाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार