नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजारभन्दा बढी, ३१५ जना आइसीयूमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर आइसोलेसनमा रहने सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।
तीमध्ये २३ हजार ३५२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८७३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३१५ जना संक्रमितको आइसीयूमा र ८४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो समय पुष्टि हुने कोरोना संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढीमा कडा खालका लक्षणहरु देखिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्रै आइसीयूमा ११२ र भेन्टिलेटरमा ४५ जना संक्रमित रहेको तथ्यांक छ । नेपालमा हालसम्म ३ लाख ७ हजार ९२५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २ लाख ७८ हजार ५०६ जना भने संक्रमणमुक्त भइसकेका छन्।
हालसम्म देशभर ३ हजार १९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोनाको दोस्रो लहरमा संक्रमण र मृत्युदर दुबै उच्च रहेको पाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा