Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन \काठमाडौं :  कोरोना संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ।

मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिएरहेकाले अस्पतालमा सेवा लिन आउने संक्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि भन्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई तुरुन्त बोलाउन पनि निर्देशन दिएको छ।

यसैगरी अस्पतालको स्विकृत दरवन्दी रिक्त रहेको भए तुरुन्त व्यवस्थापन गर्न र करारमा ६ महिनाको लागि कर्मचारी भर्ना गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । यसैगरी अस्पतालमा बिरामीको चाप र जनशक्ति हेरेर ओपीडी सेवा हाललाई स्थगित गर्न सक्ने समेत जनाएको छ ।

पछिल्लो दुई साता यता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हाल देशभर आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार