Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन ४ हजार ५२४ जना कोरोना संक्रमित थपिएका छन् भने १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १५ हजार ६८१ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

उता कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या नै ३ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर घटेर ९० प्रतिशत पुगेको छ । देशभर आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार