Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाको परीक्षण शुल्क बढी लिएको पाइएमा परीक्षण गर्न नपाउने गरी सूचीबाट हटाइने

कोरोनाको परीक्षण शुल्क बढी लिएको पाइएमा परीक्षण गर्न नपाउने गरी सूचीबाट हटाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गरेको पाइएमा उक्त प्रयोगशालालाई परीक्षण गर्न पाउने सूचीबाट हटाइने जनाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै केही प्रयोगशालामा बढी शुल्क लिएको भन्ने गुनासाे आएको भन्दै त्यसरी बढी शुल्क उठाएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत सूचीबाट हटाइने जनाएको हो ।

सरकारले हाल कोरोनाको पहिचान गर्न गरिने पीसीआर परीक्षणका लागि सरकारी प्रयोगशालामा एक हजार रुपैयाँ र निजी प्रयोगशालामा दुई हजार रुपैयाँ तोकेको छ । यति कसैले अन्य बहाना पारेर तोकिएको रकम भन्दा बढी शुल्क लिएमा कारवाहीमा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार