Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा ४७६ नमुना परीक्षण गरिएकोमा ३८३ जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा ४७६ नमुना परीक्षण गरिएकोमा ३८३ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको भेरी अस्पतालमा पछिल्लो २४ घण्टााम ४७६ जनाको पीसीआर परीक्षण गरिएकोमा ३८३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसमध्ये महिला १७७ र पुरुष २०६ जना रहेका छन्। पछिल्लो समय बाँकेमा परीक्षण गरिएकामध्ये ७० देखि ९० प्रतिशतसम्मलाई कोरोना पुष्टि हुँदै आएको छ ।

हालसम्म भेरी अस्पतालमा मात्रै ५८ हजार २९४ जनाको पीसीाआर परीक्षण गरिएको र त्यसमध्ये ७ हजार ९५५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

आज संक्रमित पुष्टि हुनेहरुमा २० वर्ष मुनिका ५२ जना रहेका छन्। यसैगरी सबैभन्दा धेर २० देखि ४० वर्ष उमेर समूहका भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार