भेरी अस्पतालमा ४७६ नमुना परीक्षण गरिएकोमा ३८३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको भेरी अस्पतालमा पछिल्लो २४ घण्टााम ४७६ जनाको पीसीआर परीक्षण गरिएकोमा ३८३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसमध्ये महिला १७७ र पुरुष २०६ जना रहेका छन्। पछिल्लो समय बाँकेमा परीक्षण गरिएकामध्ये ७० देखि ९० प्रतिशतसम्मलाई कोरोना पुष्टि हुँदै आएको छ ।
हालसम्म भेरी अस्पतालमा मात्रै ५८ हजार २९४ जनाको पीसीाआर परीक्षण गरिएको र त्यसमध्ये ७ हजार ९५५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
आज संक्रमित पुष्टि हुनेहरुमा २० वर्ष मुनिका ५२ जना रहेका छन्। यसैगरी सबैभन्दा धेर २० देखि ४० वर्ष उमेर समूहका भएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा