Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा बढी नयाँ संक्रमित

हेल्थ टिभी अनलाइन :  भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २४ हजार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी २७ सय ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।

भारतमा प्रत्येक दिन कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । जसका कारण संक्रमितले बेड एवं अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य छन्। अहिले नयाँ संक्रमित थपिने देशहरुमा भारत नंबर वानमा आएको पाइन्छ । त्यसो त कुल संक्रमितको संख्या हेर्ने हो भने अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन्। पछिल्लो केही सातायता भारतमा कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । त्यहाँ दैनिक रुपमा ३ लाख भन्दा बढी संक्रमित फेला पर्न थालेको नै ६ दिन भइसक्यो ।

भारतमा अहिलेसम्म १ करोड ७६ लाख ३६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४५ लाख ३६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।लगभग १४ करोड ४५ लाख भन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । हिजो एकैदिन भारतमाम विभिन स्थानमा गरी १६ लाख बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार