काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य १० दिन क्वारेन्टाइनमा वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।
पछिल्लो समय उपत्यकामा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि कोरोना नियन्त्रणका लागि भन्दै यस्तो निर्णय गरिएको जनाइएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न र कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउनकै लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय समेत भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा