Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य १० दिन क्वारेन्टाइनमा वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

पछिल्लो समय उपत्यकामा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि  कोरोना नियन्त्रणका लागि भन्दै यस्तो निर्णय गरिएको जनाइएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न र कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउनकै लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय समेत भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार