Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भयावह हुँदै कोरोना संक्रमण : आज ३५५६ जना नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

भयावह हुँदै कोरोना संक्रमण : आज ३५५६ जना नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भयावह हुँदै गएको छ । प्रत्येक दिन कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढ्ने क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५५६ जना संक्रमित थपिएका छन्।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । उता गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।

कोरोनाको आशंकामा ६५ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर घटेर ९१ दशमलब ५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार आज ३७८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

पछिल्लो समय उपत्यकामा लगभग सबै अस्पतालका आइसीयू फूल छन् भने हटस्पट बनेको बाँकेमा संक्रमितलाई राख्ने ठाउँ नभएपछि कयौंं बिरामीलाई भुईमा राखेर अक्सिजन दिन थालिएको छ । उता कयौं होम आइसोलेसनमा बसेको संक्रमित गाह्रो हुँदा अस्पताल आउँदा बेड नपाएर उताउता गर्दा नै मृत्यु भइरहेका खबर आइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार