आँखा, नाक कान, घाँटी र मुख स्वास्थ्यसम्बन्धी पुस्तिका सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर संचालित अभिमुखीकरण र तालिम कार्यक्रममा एकरुपता र गुणस्तरीयता ल्याउन हालै पुस्तिका निर्माण गरिएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा बिद्यालयका शिक्षक शिक्षिकाका लागी तयार पारिएकाे तालिम पुस्तिका एक कार्यक्रमका बीच स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिहले सार्वजनिक गरेका हुन्।
विभिन्न क्षेत्रमा कार्यरत सरोकारवालाको सहभागीता रहेको अभिमुखीकरण कार्यक्रम पनि शुभारम्भ गर्दे महानिर्देशक डा. सिंहले स्वास्थ्य क्षेत्रमा राम्रो र प्रशंसनीय माईलस्टोन रहेको बताउँदै सरकारी सेवामा एकिकृत हुन नसकेको बिशेषज्ञ सेवाहरु सर्वसाधारणको पहुँचमा पुर्याउन यो कार्यक्रम र पुस्तिका कोशेढुगां बन्ने बिश्वास ब्यक्त गरे ।
उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदन कुमार उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रमको उदेश्य तथा सहभागीहरुलाई स्वागत शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले गरेका थिए । सहभागीका तर्फबाट लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गीरी र ललितपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले आफ्नो तहमा योजना बनाउन, कार्य गर्न र जनचेतना फैलाउन यस कार्यक्रम र पुस्तिकाले धेरै सहयोग गर्ने मन्तब्य राखेका थिए ।
बिशेषज्ञ सेवाका रुपमा परिचित आँखा,नाक कान घाँटी र मुख स्वास्थ्य सेवा स्वास्थ्य संरचनाको तल्लो तहसम्म पुराउन तथा आम नागरिकमा रोकथाम तथा सरसफाईसम्बन्धी जागरुकता सिर्जना गरी रोग,जटिलता र धनजनको क्षती न्युनीकरण गर्न उपचारात्मक सेवा महाशाखा अन्र्तगत रहेको आँखा नाक,कान घाँटी तथा मुख स्वास्थ्य शाखा लागीरहेको छ ।
बि




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त