वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सहित चार जना चिकित्सक सम्मानित
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालासहित ४ जना चिकित्सकलाई सम्मान गरिएको छ।
बिपन्नका लागि स्वास्थ्य नेपालले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा कोइराला सहित अन्य तीनजना मुटुरोग विशेषज्ञलाई समेत सम्मान गरेको हो । प्राडा कोइराला लगायत सम्मानित हुने चिकित्सकहरुलाई नेकपा एमालेका नेता तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
यसरी सम्मानित हुनेहरुमा मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा रत्नमणी गजुरेल, मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई रहेका छन्। उनीहरुले नेपालको मुटुरोगको उपचारमा अतुलनीय योगदान गरेको भन्दै बिपन्नका लागि स्वास्थ्य नेपालले सम्मान गरेको हो । सम्मानित हुने चारैजना चिकित्सक विपन्नका लागि स्वास्थ्य नेपालका सल्लाहकारहुन्। चारैजना चिकित्सक वैशाख एक गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुशोभित भएका थिए ।
यसैगरी स्वास्थ्यका लागि विपन्न नेपालका अध्यक्ष रत्नबहादुर थापा पनि सम्मानित भएका थिए । उनी समाजसेवामा उत्कृष्ट कार्य गरेबापत समाजसेवातर्फ विभुषित भएका हुन्।
उक्त सम्मान कार्यक्रममा बोल्दै नेता योगेश भट्टराईले स्वास्थ्यका लागि विपन्न नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो काम गरिरहेको बताए । उनले विपन्न तथा असहायको उपचारको लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै सस्थाका अध्यक्ष थापाको पहलमा देशका धेरै ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गरी त्यहाँबाट शल्यक्रिया गर्नुपर्ने अवस्थाका व्यक्तिहरुलाई निशुल्क सेवा दिनु ठूलो सेवामूलक काम भएको जनाए ।
कार्यक्रममा सम्मानित हुनेहरुले आफ्ना भनाइ राखेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण