काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाका तीन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।
सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बढ्दो कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पहिलो चरणमा निषेधाज्ञा एक साताको हुने जनाइएकाे छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमित बढी भएका जिल्लामा तुरुन्त निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।
निषेधाज्ञाको समयमा अत्यावश्यक सबै सेवा र सोका लागि चल्ने सवारीसाधन बाहेक अन्य सेवा बन्द रहने जनाइएको छ । निषेधाज्ञाबारे विस्तृत जानकारी केहीवेरमा सार्वजनिक गरिने बताइएको छ ।
पहाड तथा हिमाली क्षेत्रको हकमा २०० सक्रिय कोरोना संक्रमित भए निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ। ठूला शहरहरूमा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न अधिकार दिइएको छ। अहिले १० वटा जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा