Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाका तीन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बढ्दो कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पहिलो चरणमा निषेधाज्ञा एक साताको हुने  जनाइएकाे छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमित बढी भएका जिल्लामा तुरुन्त निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।

निषेधाज्ञाको समयमा अत्यावश्यक सबै सेवा र सोका लागि चल्ने सवारीसाधन बाहेक अन्य सेवा बन्द रहने जनाइएको छ । निषेधाज्ञाबारे विस्तृत जानकारी केहीवेरमा सार्वजनिक गरिने बताइएको छ ।

पहाड तथा हिमाली क्षेत्रको हकमा २०० सक्रिय कोरोना संक्रमित भए निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ। ठूला शहरहरूमा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न अधिकार दिइएको छ। अहिले १० वटा जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार