Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना ‘हटस्पट’ बाँकेमा आजदेखि निषेधाज्ञा

कोरोना ‘हटस्पट’ बाँकेमा आजदेखि निषेधाज्ञा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रणबाहिर गएपछि बाँकेमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज रातीदेखि लागू हुने गरी वैशाख २० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार कोरोना संक्रमण फैलावटकाे साङ्लो तोड्नका लागि संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम बाँके जिल्लाभरी अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सावरीसाधन बाहेक अन्य सबै सञ्चालनमा निषेध गरिएको हो । यो समयमा बाहिर हिंडडुलमा समेत निषेध गरिएको छ ।

यसभन्दा अघि बाँकेमा नेपालगंज उपमहानगरपालिकाभित्र लागू हुने गरी वैशाख ८ गतेदेखि लकडाउन गरिएको थियो । सो व्यवस्था पनि कायमै रहेको प्रमुख जिल्ला अधिकारी गेलालले जनाएका छन्। बाँकेमा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिंदा यतिबेला संक्रमितले बेड पाउनै छोडेका छन् भने अक्सिजनको अभावका कारण बिरामीले ज्यान गुमाउनेपर्ने अवस्था आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार