कोरोना ‘हटस्पट’ बाँकेमा आजदेखि निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रणबाहिर गएपछि बाँकेमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज रातीदेखि लागू हुने गरी वैशाख २० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार कोरोना संक्रमण फैलावटकाे साङ्लो तोड्नका लागि संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम बाँके जिल्लाभरी अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सावरीसाधन बाहेक अन्य सबै सञ्चालनमा निषेध गरिएको हो । यो समयमा बाहिर हिंडडुलमा समेत निषेध गरिएको छ ।
यसभन्दा अघि बाँकेमा नेपालगंज उपमहानगरपालिकाभित्र लागू हुने गरी वैशाख ८ गतेदेखि लकडाउन गरिएको थियो । सो व्यवस्था पनि कायमै रहेको प्रमुख जिल्ला अधिकारी गेलालले जनाएका छन्। बाँकेमा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिंदा यतिबेला संक्रमितले बेड पाउनै छोडेका छन् भने अक्सिजनको अभावका कारण बिरामीले ज्यान गुमाउनेपर्ने अवस्था आएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा