Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पूर्व निर्धारित सबै परीक्षाहरु अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरेको छ ।

आज बसेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने सबै पूर्व निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा अन्य वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।

विद्यालय -कलेजमा भिडभाड हुँदा कोरोना संक्रमण नियन्त्रणबाहिर जाने भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार