Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाललाई ट्रान्जिट मात्र बनाएर आउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाललाई ट्रान्जिट मात्र बनाएर आउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट मात्र बनाएर आएका र नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेकोले यस्तो निर्णय गरिएको समेत जनाएको छ ।

मन्त्रालयले सबै प्रयोगशालाहरुलाई कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार परीक्षणकाे व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार