नेपाललाई ट्रान्जिट मात्र बनाएर आउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट मात्र बनाएर आएका र नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेकोले यस्तो निर्णय गरिएको समेत जनाएको छ ।
मन्त्रालयले सबै प्रयोगशालाहरुलाई कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार परीक्षणकाे व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै