Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा सक्रिय संक्रमितको संख्या नै १९ हजारभन्दा बढी पुग्यो

नेपालमा सक्रिय संक्रमितको संख्या नै १९ हजारभन्दा बढी पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आइतबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या १९ हजारभन्दा बढी पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार १२२ जना कोरोना संक्रमित थपिएसँगै देशभर आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको हाे ।

नेपालमा दुई सातायता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । भारतमा कोरोनाको दोस्रो लहर शुरु भएदेखि नै नेपालमा पनि संक्रमित बढ्न थालेको पाइन्छ । हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको मन्त्रालयले जनाएको छ । यीमध्ये ९२ दशमलब ५ प्रतिशत संक्रमित निको भएका छन्। उता आजसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ ।

कोरोनाको दोस्रो लहरमा संक्रमणदर र मृत्युदर दुबै अत्यन्त बढी पाइएको छ। जसका कारण अस्पताल भर्ना हुने र आइसीयू नै चाहिने संक्रमितको संख्या बढी रहेको मन्त्रालयले जनाएको छ । दिनहुँ सिकिस्त संक्रमित बढेपछि बिरामीले अस्पतालमा बेड पाउनै छोडेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार