नेपालमा सक्रिय संक्रमितको संख्या नै १९ हजारभन्दा बढी पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आइतबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या १९ हजारभन्दा बढी पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार १२२ जना कोरोना संक्रमित थपिएसँगै देशभर आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको हाे ।
नेपालमा दुई सातायता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । भारतमा कोरोनाको दोस्रो लहर शुरु भएदेखि नै नेपालमा पनि संक्रमित बढ्न थालेको पाइन्छ । हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको मन्त्रालयले जनाएको छ । यीमध्ये ९२ दशमलब ५ प्रतिशत संक्रमित निको भएका छन्। उता आजसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ ।
कोरोनाको दोस्रो लहरमा संक्रमणदर र मृत्युदर दुबै अत्यन्त बढी पाइएको छ। जसका कारण अस्पताल भर्ना हुने र आइसीयू नै चाहिने संक्रमितको संख्या बढी रहेको मन्त्रालयले जनाएको छ । दिनहुँ सिकिस्त संक्रमित बढेपछि बिरामीले अस्पतालमा बेड पाउनै छोडेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण