Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु, ३ हजार बढीमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु, ३ हजार बढीमा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ । उता गत २४ घण्टामा देशभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ ।

गत २४ घण्टामा १० हजार ७८ जनाको पीसीआर र ७८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो

पछिल्लो समय कोरोना संक्रमणको कहर देशैभर तीब्र रुपमा बढिरहेको छ । एक महिना अघिसम्म ५ सय भन्दा कम सक्रिय संक्रमित रहेकोमा अहिले देशमा सक्रिय संक्रमितको संख्या नै १९ हजार ३८२ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार