१०२ वर्षका वृद्धको लेजर विधिमार्फत प्रोस्टेटको सफल शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौ : काठमाडौंको एक अस्पतालमा १०२ वर्ष पुगेका वृद्धको प्रोस्टेटको सफल शल्यक्रिया गरिएको छ । सितापाइलास्थित शुभेक्षा अस्पतालमा वरिष्ठ यूरोसर्जन डा संजय खड्गीले लेजर प्रविधिमार्फत पर्वतका १०२ वर्षका कुलबहादुर गुरुङको सफल शल्यक्रिया गरेका हुन्।
गुरुङमा ३ \४ महिनादेखि पिसाबमा समस्या हुन थालेपछि उनको उपचारका लागि विभिन्न स्थानमा गएको बताउँछन् उनका कान्छा छोरा नारायण प्रसाद गुरुङ । उनले आफनो बुवाको उमेरका कारणले पनि शल्यक्रिया गर्न डराइरहेको भन्दै पछि लेजरमार्फत गर्दा घाउ ठूलो नहुने र बिरामीलाई पनि सजिलो हुने भन्ने थाहा पाएर डा खड्गीकै सल्लाहमा शल्यक्रिया गरिएको र अहिले निकै राम्रो भइसकेको जनाए ।
उता १०२ वर्षका बिरामीको शल्यक्रिया गरेका डा खड्गीले बिरामीको अन्य शारीरिक अवस्था ठिक भएमा जुनसुकै उमेरमा पनि प्रोस्टेटको शल्यक्रिया गर्न सकिने बताएका छन्। उनले कति बिरामी उमेर भइसक्यो भनेर रोग पालेर बस्ने र त्यसले दिएको सकस सहन बाध्य भएको भन्दै प्रोस्टेटको शल्यक्रिया गर्नका लागि उमेरले नछेक्ने जनाए । वृद्धअवस्थामा पनि किन शल्यक्रिया गर्ने भनेर डराउन नपर्ने र लेजर सर्जरी गर्दा चिरफार गर्न नपर्ने हुँदा जोखिम खासै नहुने समेत जिकीर गरे ।
उनले उमेरका कारण शल्यक्रिया गर्न हुँदैन भनेर रोग पालेर नबस्न सबैलाई आग्रह समेत गरेका छन्।


भिडियाे :




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै