Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना भएपछि नविकरणबाहेकका सेवा बन्द

औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना भएपछि नविकरणबाहेकका सेवा बन्द

हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना संक्रमण भएपछि नविकरणबाहेकका सबै सेवा बन्द भएको छ ।

विभागले आज विज्ञप्ति जारी गर्दै विभागका विभिन्न फाँटमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य जोखिमका कारण सेवाहरु बन्द गर्नुपर्ने जनाएको छ । विभागले नविकरणबाहेकका अन्य काम स्थगित गरेको जनाएको हो ।

कर्मचारीमा कोरोना पोजेटिभ भएपछि धेरै जना कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। विभागका महानिर्देशकसहितका कर्मचारी होम आइसोलेसनमा बसेको र पीसीआर परीक्षण गरेर रिपार्ट आएपछि मात्र कार्यालय आउने विभागले जनाएको छ ।

दुई सातायता काठमाडौं लगायतका विभिन्न शहरहरुमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार