Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज काठमाडौंका यी अस्पतालबाट लगाइँदैछ चिनियाँ खोप

आज काठमाडौंका यी अस्पतालबाट लगाइँदैछ चिनियाँ खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं :  आज काठमाडौंका तीन अस्पतालबाट कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आजका लागि निजामती कर्मचारी अस्पताल मिनभवन, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आर्युर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर मा खोप केन्द्र तोकेको छ ।

भोलिदेखि भने थप ४ अस्पतालबाट खोप दिइने स्वास्थ्य कार्यालय काठमाठौंले जनाएको छ । भोलिदेखि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र हिमाल अस्पतालबाट पनि भेरोसिल खोप दिइने बताइएको छ । उता कोभिसिल्ड खोपको दोस्रो मात्रा दिनका लागि वीर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएको छ ।

मापदण्ड भित्र पर्ने व्यक्तिले यी अस्पतालहरुमा गएर खोप लगाएर कोरोनाको जोखिमबाट बच्न स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार