Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

परीक्षण गरिएकामध्ये ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना : सुशील कोइराला क्यान्सर अस्पतालको सेवा एक साता बन्द

परीक्षण गरिएकामध्ये ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना : सुशील कोइराला क्यान्सर अस्पतालको सेवा एक साता बन्द

हेल्थ टिभी अनलाइन \बाँके : परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा प्रभावित भएको छ ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आफनो अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ । भोलि वैशाख १२ गतेदेखि १८ गतेसम्म अस्पतालमा इमरजेन्सी सेवा मात्र दिन सकिने अस्पतालले जनाएको छ ।

पछिल्लो समय बाँके कोरोनाको दोस्रो लहरमा पनि हटस्पट बन्दै गएको छ । यसभन्दा अघिको कोरोनाको लहरमा पनि बाँके बढी प्रभावित भएको थियो । केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना पोजेटिभ पुष्टि हुँदै आएको छ । उता मृत्युदर पनि दिनप्रतिदिन बढिरहेको छ । कोभिड डेडिकेटेट भेरी अस्पताल संक्रमितले खचाखच छ भने कयौं संक्रमितले बेड नपाएर खुला चौरमा उपचार गराइरहेका देखिन्छ्न्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार