Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना कहर : आज एकैदिन १४ जना संक्रमितको मृत्यु

२४ घण्टामा २६१९ संक्रमित थपिए

नेपालमा कोरोना कहर : आज एकैदिन १४ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमण र मृत्युदर दुबै तीब्र रुपमा बढिरहेको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १३६ पुगेको मन्त्रालयले जनाएको छ । उता गत २४ घण्टामा २६ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। हरेक चार दिनमा कारोना पुष्टि हुने संख्या दोब्बर जस्तै हुन थालेको छ ।

हाल देशभर २ लाख ९७ हजार ८७ जनामा कोरोना पुष्टि भइसकेको छ भने तीमध्ये २ लाख ७७ हजार १२३ जना निको भएर डिस्चार्ज भइसकेका छन्। हाल देशभर १६ हजार ८२८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार