नेपालमा कोरोना कहर : आज एकैदिन १४ जना संक्रमितको मृत्यु
२४ घण्टामा २६१९ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमण र मृत्युदर दुबै तीब्र रुपमा बढिरहेको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १३६ पुगेको मन्त्रालयले जनाएको छ । उता गत २४ घण्टामा २६ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। हरेक चार दिनमा कारोना पुष्टि हुने संख्या दोब्बर जस्तै हुन थालेको छ ।
हाल देशभर २ लाख ९७ हजार ८७ जनामा कोरोना पुष्टि भइसकेको छ भने तीमध्ये २ लाख ७७ हजार १२३ जना निको भएर डिस्चार्ज भइसकेका छन्। हाल देशभर १६ हजार ८२८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै