Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा कोइराला कार्यक्रममा गए तर लिएनन् चुरोट कम्पनीको सहयोग रकम

डा कोइराला कार्यक्रममा गए तर लिएनन् चुरोट कम्पनीको सहयोग रकम

कल्पना आचार्य \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले बाल अस्पताल निर्माणका लागि सूर्य नेपालबाट ५ करोड सहयोग लिने भनिएको भए पनि चौतर्फी विरोध भएपछि सो रकम हस्तान्तरण कार्यक्रम रद्ध भएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ र त्यसका आधारमा बनेको निर्देशिकामा स्पष्ट रुपमा सुर्ती उद्योगको कुनै पनि सहयोग लिन नमिल्ने भए पनि उनले अस्पतालका लागि ५ करोड सहयोग लिन लागेको कुरा बाहिर आएपछि एक्सन नेपाल लगायतका विभिन्न संस्थाले विज्ञप्ति नै जारी गरेका थिए ।

डा कोइरालाले सार्वजनिक पदमा बसेर देशको कानून विपरित काम गरेको भन्दै चर्को आलोचना हुन थालेपछि आज आयोजित कार्यक्रममा डा कोइरालाले सो सहयोग रकम नलिने घोषणा गरेका हुन्। यस विषयमा हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा कोइरालाले भने, ‘स्वास्थ्यको निर्देशिकामा चुरोट कम्पनीबाट सहयोग लिन मिल्दैन भन्ने लेखेको मैले अहिले राम्ररी पढें र कार्यक्रममै आएर उहाँहरुलाई कानून विपरित गएर सहयोग लिन नसक्ने जानकारी गराएको हुँ । उनले आफू विवादमा आउन नचाहेको पनि जिकीर गरे । उनले अर्थ र स्वास्थ्य मन्त्रालयका केही कुरा फरक फरक भएका कारण पनि आफू कन्फ्युज हुन पुगेको समेत जनाएका छन्।

आजै सुर्तीजन्य पदार्थको विरुद्धमा काम गर्दै आएका ६ वटा संस्थाले डा कोइरालालाई अस्पतालका लागि चुरोट कम्पनीको सहयोग नस्विकार्न संयुक्त रुपमा अपिल गरेका थिए भने स्वास्थ्य मन्त्रालयमा पनि ध्याकर्षण गराएका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार