आज २५५९ संक्रमित थपिए, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप २५५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ५९ जना नयाँ संक्रमित थपिएका हुन्।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । यसैगरी गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको छ । उता आज निको भएर घर फर्कनेको संख्या ४१० जना रहेको छ । हाल देशभर १४ हजार ७२४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण समूदायमै फैलिसकेकोले सबैलाई सचेत भई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा