Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज २५५९ संक्रमित थपिए, ५ जनाको मृत्यु

आज २५५९ संक्रमित थपिए, ५ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप २५५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ५९ जना नयाँ संक्रमित थपिएका हुन्।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । यसैगरी गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको छ । उता आज निको भएर घर फर्कनेको संख्या ४१० जना रहेको छ । हाल देशभर १४ हजार ७२४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण समूदायमै फैलिसकेकोले सबैलाई सचेत भई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार