Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘सिकिस्त संक्रमितले समेत बेड नपाउने अवस्था आइसक्यो’

‘सिकिस्त संक्रमितले समेत बेड नपाउने अवस्था आइसक्यो’

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बाँकेमा अब सिकिस्त कोरोना संक्रमितले समेत बेड नपाउने अवस्था आएको जनाएका छन्। शुक्रबार हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा थापाले भने, ‘स्थिति नियन्त्रण बाहिर गएको छ, भएका बेड सबै संक्रमितले भरिए अब कहाँ राखेर उपचार गर्ने हो हामी अन्यौलमा छौं ।’

डा थापाले भेरी अस्पतालमा कोभिड डेडिकेटेड १४२ वटा बेड पूरै संक्रमितले भरिएको र अन्य कयौं बेड एक्स्ट्रा थपेर पनि उपचार गरिरहेको जनाए । पछिल्लो समय आउने संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने देखिएकाले अक्सिजन समेत पुर्याउन धौ धौ परिरहेको उनले जिकीर गरे । भेरी अस्पताल मात्र नभई मेडिकल कलेज लगायतका अन्य अस्पतालमा पनि उही हालत भएको भन्दै सरकारले नै ठोस निती ल्याएर केही नगरेसम्म धेरै संक्रमितले बेड र समयमा उपचार नपाएर ज्यान गुमाउन सक्ने अवस्था आउन सक्ने समेत डा थापाले जिकीर गरेका छन्।अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशत अन्यन्त सिकिस्त भएको समेत उनले जनाएका छन्।

उनले अक्सिजन सप्लाई गर्नेले पनि धेरै डिमान्ड हुँदा सप्लाई गर्न नसकिरहेको अवस्था भएको बताए । यही अवस्था रहेमा अब सरकारले सबै अस्पताललाई कोरोनाको उपचार गर्न निर्देशन दिनुपर्ने उनको भनाई छ । उनले भेरीमा अब बेड थप्न सक्ने ठाउँ समेत नभएको र जनशक्ति पनि कम भएको भन्दै केही अल्टरनेटिभ सोच्नैपर्ने बेला आएको जिकीर गरे ।

केही साता यता भेरी अस्पतालमा पीसीआर परीक्षण गर्दा दैनिक रुपमा झण्डै ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । यसले पनि कोरोना समूदायस्तरमा फैसिकेको र पहिलोको भन्दा बढी संक्रामक र जटिल भएकाले अझै स्थिति बिग्रन सक्ने भन्दै सबैले आ आफनो स्थानबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, संक्रमित भएपछि बेड नपाएर दुख पाउनुभन्दा अघि नै हामी आफै सचेत भएर मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, हात धोइरहने गर्न जरुरी रहेको जनाए ।

कोरोनाको दोस्रो लहरको सबैभन्दा बढी चपेटामा बाँके परेको देखिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार