Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा २४२८ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २४२८ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको परीक्षणमा २४२८ जनामा संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा १० हजार १ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २३ सय ६५ जनामा कोरोनो पुष्टि भएको हो भने ४४७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ भने नेपालमा ३ हजार ११७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । हाल देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार