पछिल्लो २४ घण्टामा २४२८ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको परीक्षणमा २४२८ जनामा संक्रमण पुष्टि भएको हाे ।
पछिल्लो २४ घण्टामा १० हजार १ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २३ सय ६५ जनामा कोरोनो पुष्टि भएको हो भने ४४७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ भने नेपालमा ३ हजार ११७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । हाल देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा