कोरोना कहर: अस्पतालबाटै कोरोनाको भ्याक्सिन चोरी
हेल्थ टिभी अनलाइन : कोरोना संक्रमणले आक्रान्त बनाएपछि भारतमा कोरोना विरुद्धको भ्याक्सिन नै चोरी हुन थालेको छ ।
भारतको हरियाणस्थित एक अस्पतालबाट हिजो राती १७ सय १० वटा कोरोना भ्याक्सिन चोरी भएको हो । योसँगै सिकिस्त संक्रमितमा प्रयोग हुने रेम्डिसिभिर औषधि पनि चोरी भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार अस्पतालको स्टोरबाट रातीको समयमा सो भ्याक्सिन र रेम्डिसिभिर औषधि चोरी भएको हो । भारतमा कोरोना कहर बन्दै गएपछि संक्रमितले सामान्य बेड नपाउनेदेखि औषधि समेत ब्ल्याकमा किन्नुपर्ने अवस्थामा पुगेका छन्। अक्सिजनको आवश्वकता पुराउन नसकेपछि कयौं संक्रमितका आफन्तले सामाजिक संजालमा सहयोगको अपिल गरिरहेका छन्। पछिल्लो समय कोरोनाको दोस्रो लहरको चपेटामा सबैभन्दा धेरै भारत परेको देखिन्छ ।
त्यहाँ दैनिक रुपमा ३ लाख संक्रमित फेला पर्न थालेका छन् भने मृत्युदर पनि ह्वात्तै बढेको छ । मृतकको दाहसंस्कार गर्नका लागि पनि घण्टौं कुर्नुपर्ने अवस्था आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण