Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तीब्र रुपमा समूदायस्तरमा फैलिरहेकाले अत्यावश्यक नपरेसम्म  घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण प्रत्येक ४ दिनमा दोब्बर संख्यामा संक्रमित थपिने क्रम देखिएको भन्दै यसबाट बच्नका लागि सकेसम्म अनलाइनमार्फत काम गर्न र अत्यापश्यक नपरेसम्म घरबाहिर ननिस्कन आग्रह गरेका हुन्। डा गौतमले भने, ‘अहिले संक्रमण जुन गतिमा फैलिरहेको छ त्यही गतिमा गए देशभर रहेका स्वास्थ्य संस्थाले धान्नै सक्ने अवस्था छैन्। त्यसैले हामी सबैले आफ्नो जिम्मेवारी बोध गरेर जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुको विकल्प छैन्।’

डा गौतमले विशेष गरेर’ यूके भेरियन्ट’ को कोरोना भाइरस यसभन्दा अघिको भाइरस भन्दा बढी संक्रामक र मृत्युदर पनि बढी भएको जिकीर गर्दै यसबाट बच्नका लागि सबै जनाले आ -आफनो तर्फबाट प्रयास गर्नुपर्ने जनाए । उनले अझै पनि केही व्यक्तिहरुले भिडभाडमा जाँदासमेत कोरोना केही होइन भनेर मास्क समेत नलगाउने गरेको भन्दै यस्तो गर्दा संक्रमण नियन्त्रण गर्न नसकिने बताए । उनले कोरोनाबाट बच्ने उपाय भनेकै मास्कको अनिवार्य प्रयोग, बेला बेलामा हात धुने, भौतिक दूरी कायम राख्ने र अत्यावश्यक नपरेसम्म बाहिर ननिस्कनु रहेको जनाए ।

नेपालमा पछिल्लो समय युके भेरियन्ट कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । हालसम्म देशभर  २ लाख ८९ हजार ७८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार ११२ जनाको मृत्यु भएको छ । माघ -फागुनमा संक्रमितको संख्या घटेर दैनिक सय भन्दा कम व्यक्तिमा संक्रमण पुष्टि हुन थालिसकेको थियो भने चैतको अन्तिम साताबाट भने पुन: संक्रमण उच्च देखिंदै आएको छ । आज मात्रै देशभर २३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्।

थप समाचार