Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा बढ्दो कोरोना कहर : आज एकैदिन २३५१ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ संक्रमित थपिए

नेपालमा बढ्दो कोरोना कहर : आज एकैदिन २३५१ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं  : नेपालमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन भयावह हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ७८६, भक्तपुृरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो । गत २४ घण्टामा ८ हजार यसैगरी गत २४ घण्टामा ८ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको थियो भने ८०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १० हजार ५८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उता ८६ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्। मन्त्रालयका अनुसार हाल १८० जना संक्रमित आइसीयूमा रहेकामध्ये ४७ जना भेन्टिलेटरमा रहेका छन्। पछिल्लो २४ घण्टामा २८७ जना संक्रमणमुक्त भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार