Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना हटस्पट बनेको नेपालगञ्जमा आजदेखि लकडाउन

कोरोना हटस्पट बनेको नेपालगञ्जमा आजदेखि लकडाउन

हेल्थ टिभी अनलाइन \बाँके : कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि बाँकेको नेपालगञ्जमा आजदेखि लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना प्रभावकारी नियन्त्रणका लागि भन्दै लकडाउनको घोषणा गरेको जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बाँकेमा नियन्त्रण बाहिर गएको छ । दैनिक रुपमा परीक्षण गरिएकामध्ये झण्डै ८० देखि ९० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिंदै आएको छ । भारतसँग सीमा जोडिएको कारणले पनि बाँके उच्च जोखिममा रहेको हो । नेपालगञ्ज उपमहानगरमा मात्रै मंगलबारसम्म ७३५ जना सक्रिय कोरोना संक्रमित रहेको र अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्। बाँकेमा एक्कासी कोरोना संक्रमित बढ्न थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले लकडाउनको सिफािरस गरेको थियो ।

सोही बमोजिम जिल्ला प्रशासनले हिजो यस्तो निर्णय गरेको हो । संक्रामक रोग ऐन २०२० अनुसार आज राती १२ बजेदेखि वैशख १५ गतेसम्म लागू हुने गरी लकडाउन गरिएको हो । यो समयमा सर्वसाधारणलाई हिंडडुल गर्न समेत निशेध गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार