Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मास्क नलगाउनेले सार्वजनिक यातायात चढ्न नपाउने

मास्क नलगाउनेले सार्वजनिक यातायात चढ्न नपाउने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएपछि विभिन्न किसिमका जनस्वास्थ्यका मापदण्ड निर्धारण गरेको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासनले सूचना जारी गर्दै मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न नदिने लगायतका १४ बुँदे मापदण्ड जारी गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा मास्क नलगाएका व्यक्तिलाई यातायातमा नचढाउन आग्रह गरिएको छ । यदि चढाउनै परेमा बढीमा १० रुपैयाँ लिएर मास्क दिएर मात्र गाडीमा चढाउन समेत आग्रह गरिएको छ । यसैगरी कार्यालय तथा पसलहरुमा पनि कसैले मास्क लगाएको छैन् भने उनीहरुलाई पनि मास्क लगाउन लगाएर मात्र भित्र प्रवेश गर्न दिन सूचनामा अपिल गरिएको छ । कोरोनाको दोस्रो लहर नेपालमा तीब्र रुपमा फैलिन थालेपछि सरकारले विद्यालय, कलेज तथा विश्वविद्यालय बन्द गरी अनलाइन मार्फत पढाउन निर्देशन दिइसकेको छ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्टका कारण संक्रमण समूदायसम्म फैलिसकेको भन्दै सरकारले सबैलाई जनस्वास्थ्यका मापदण्ड मास्कको प्रयोग, २ मिटरको भौतिक दूरी र हात सफा गरिरहने कामको पालना गर्न आग्रह गर्दै आएको छ । नेपालमा अहिले देखिएको यूके भेरियन्ट बढी नै संक्रामक भएकाले यसले पुराउने क्षति पनि अत्यन्त बढी हुने हुँदा सबैले ख्याल नगरेमा स्थिति भयावह हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता सरकारले २५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने भन्दै यसअघि नै निर्णय गरिसकेको छ । देशमा हालसम्म २ लाख ८७ हजार ५६७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ४ हजार २ जनाको मृत्यु भइसकेको छ ।

अर्कोतिर कोरोना विरुद्धको खोप अभियान पनि जारी रहेको छ । मंगलबारबाट पहिलो प्राथमिकतामा परेकाहरुलाई दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार