नेपालमा भयावह बन्दै कोरोना : आज एकैदिन १७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन भयावह बन्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर १७ सय ३६ नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ भने कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको छ । गत २४ घण्टामा २५१ जना संक्रमित निको भएर घर फर्केका छन्।
पछिल्लो समय देशका मुख्य शहरहरुमा कोरोना संक्रमण भयावहको स्थितिमा देखिएको छ । यसरी बढी नै प्रभावित हुनेहरुमा काठमाडौं, बाँके, चितवन,कास्की लगायतका १४ जिल्ला रहेका छन्।
केही साताअघिसम्म शुन्यमा गएको मृत्युदर अहिले ह्वात्तै बढेको छ । भारतमा संक्रमण तीब्र भएसँगै नेपालमा पनि जोखिम बढिरहेको विज्ञहरुको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ -असारसम्म दैनिक रुपमा ११ हजारसम्म कोरोना संक्रमित फेला पर्नसक्ने अनुमान गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा