Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा भयावह बन्दै कोरोना : आज एकैदिन १७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

नेपालमा भयावह बन्दै कोरोना : आज एकैदिन १७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन भयावह बन्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर १७ सय ३६ नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ भने कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको छ । गत २४ घण्टामा २५१ जना संक्रमित निको भएर घर फर्केका छन्।

पछिल्लो समय देशका मुख्य शहरहरुमा कोरोना संक्रमण भयावहको स्थितिमा देखिएको छ । यसरी बढी नै प्रभावित हुनेहरुमा काठमाडौं, बाँके, चितवन,कास्की लगायतका १४ जिल्ला रहेका छन्।

केही साताअघिसम्म शुन्यमा गएको मृत्युदर अहिले ह्वात्तै बढेको छ । भारतमा संक्रमण तीब्र भएसँगै नेपालमा पनि जोखिम बढिरहेको विज्ञहरुको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ -असारसम्म दैनिक रुपमा ११ हजारसम्म कोरोना संक्रमित फेला पर्नसक्ने अनुमान गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार