आजबाट कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि कोरोना विरुद्धको दोस्रो डोज खोप अभियान शुरु गरेको छ ।
पहिलो प्राथमिकतामा परेर पहिलो डोज खोप लगाएकालाई आजबाट दोस्रो डोज दिन शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाकामा मात्रै ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। यसैगरी देशैभरका ९५३ खोप केन्द्रबाट कोरोना खोप लिन सकिनेछ ।मन्त्रालयले आफूलाई पायक पर्ने सरकारले तोकेका स्वास्थ्य संस्थामा वैशाख ७ देखि ११ गतेसम्म गएर खोप लगाउन आग्रह गरेको हो ।
सरकारले भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, पत्रकार लगायतलाई दिएको थियो ।
उनीहरुले नै आजदेखि दोस्रो डोज खोप लिन लागेका हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा