शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले नेपालमा कोरोनाको दोस्रो लहरको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित १४ वटा कोरोना प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय विद्यालयमा धेरै संक्रमण फैलिन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषदको आज बसेको बैठकले विद्यालयसहित अन्य रात्रीकालिन व्यवसाय, सिनेमा हल, क्लब, दोहोरी साँझ, सभा सम्मेलन गर्न समेत वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले सीसीएसीको सिफारिस बमोजिम जोखिम भएका क्षेत्रमा वैशाख मसान्तसम्म यी सेवा बन्द गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै कोरोना नियन्त्रणका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन मार्फत पढाउनुपर्ने सुझाव दिएको थियो ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको अति जोखिममा राखेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, पर्सा, बाँके, भक्तपुर, कैलाली, मोरङ, दाङ, बागलुङ्ग, सुर्खेत र बारा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा