आज बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रम शुरु गरेको छ ।
भिटामिन ए खुवाउने अभियान आज र भोलि राखिएको छ । अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । यसैगरी ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ।
सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोली सञ्चालन गर्न लागेको हो। कोरोनाका कारण जोखिम भएकाले भिडभाड नगरी कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई अपिल गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा