नेपालमा कोरोनाबाट ५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ५ वर्ष मूनिका ३ हजार ५६५ जना बच्चामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १० जना बच्चाको कोरोनाकै कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३ हजार ५६५ जना ५ वर्ष मूनिका बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ वर्ष मूनिका बालबालिकामा कोरोना देखिंदैन भनेर कसैले भन्छ भने त्यसमा विश्वास नगर्न समेत आग्रह गरे । उनले सबै उमेर समूह कोरोनाको उच्च जोखिममा रहेको भन्दै आफना बालबालिकालाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउन सबै अभिभावकलाई अनुरोध गरेका छन्।
डा गौतमले नेपालमा हालसम्म कोरोना संक्रमण भएर १० जना ५ वर्ष मूनिका बालबालिकाको ज्यान गइसकेको भन्दै कोरोना बच्चालाई लाग्दैन भन्ने भ्रममा नपर्न आग्रह गरे । हाल देशभर ५१ जना ५ वर्ष मूनिका बालबालिका कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका छन्। पछिल्लो समय कोरोना संक्रमणको चपेटाका बालबालिका परेको देखिन्छ ।
यसअघिको कोरोना संक्रमणमा भने बालिबालिका खासै प्रभावित भएका थिएनन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित