भेरी अस्पतालमा तीन घण्टामा ३ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा तीन घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार हिजो अस्पतालमा भर्ना भएका तीन जनाको तीन घण्टाभित्रै मृत्यु भएको हो । यसरी मृत्यु हुनेहरुमा बाँके, बर्दिया र दैलेखका १\ १ जना रहेका छन्।
बाँके भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि भारतबाट नेपाल फर्किने व्यक्तिहरु र उनीहरुसँग सम्पर्कमा आएकाहरुमा कोरोना संक्रमण देखिने क्रम तीब्र रुपमा बढिरहेको छ ।
बाँकेमा केही समय अघि कोरोना संक्रमितको संख्या शुन्यमा झरिसकेको भए पनि विगत दुई सातादेखि संक्रमितको संख्यामा व्यापक वृद्धि भइरहेको छ । अस्पतालमा बेडहरु संक्रमितले भरिएका छन् भने मृत्युदर पनि बढेको छ ।
कोरोना संक्रमण बढेपछि त्यहाँ अहिले विद्यालयहरु भने बन्द गरिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा