भारतमा कोरोना कहर : एकैदिन २ लाख ६१ हजारभन्दा बढी संक्रमित थपिए, १५०१ को मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा एकै दिन २ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्मको सबै रेकर्ड तोड्दै २४ घण्टामा २ लाख ६१ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १५ सय १ जना संक्रमितको मृत्यु भएको जनाइएको छ । भारतको महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, छत्तीसगढ, कर्नाटक लगायतका राज्यमा कोरोना संक्रमण कहर बन्दै फैलिरहेको छ । सबैभन्दा बढी संक्रमित यी राज्यमा छन्।
भारतमा हालसम्म १ करोड ४७ लाख ८८ हजार १०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ७७ हजार १६८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा