संक्रमण बढेपछि दिल्लीमा बन्यो ५ सय बेडको कोभिड अस्पताल, सोमबारदेखि सञ्चालनमा आउने
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको सख्या तीब्र रुपमा बढ्न थालेपछि अस्पतालमा संक्रमितले बेड समेत पाउन छोडिरहेको खबर बाहिर आइरहेका छन्।
यही समस्यालाई मध्यनजर गर्दै सरकारले दिल्लीको एअरपोर्ट नजिक कोभिड संक्रमितका लागि ५ सय बेडको अस्पताल बनाएको छ । उक्त अस्पतालमा सोमबारसम्म २५० बेड तयार हुने र संक्रमितलाई भर्ना गर्न सकिने जनाइएको छ । यसअघि पनि दिल्लीमा १ हजार बेडको कोभिड अस्पताल बनाइएको थियो । उक्त अस्पतालमा थप ५ सय बेड थप्ने तयारी भइरहेको पनि त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।
भारतमा कोरोना संक्रमण यति रफ्तारमा बढिरहेको छ की संक्रमितले बेड नपाएर एउटै बेडमा ३ \४ जनासम्म राखेर उपचार भइरहेको छ । यो अस्पताल तयार भएपछि केही सहयोग पुग्ने आशा गरिएको छ । भारतमा हालसम्म १ करोड ४७ लाख ८२ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७७ हजार १६८ जनाको मृत्यु भएको छ





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा