Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

हेल्थ टिभी अनलाइन \काठमाडौं :  कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।

यसैगरी बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने जनाएको छ ।

केही साता यता देशका मुख्य शहरहरुमा कोरोनाको दोस्रो लहर बढिरहेको र त्यसमा पनि बालबालिका बढी प्रभावित भएपछि स्वास्थ्य मन्त्रालय नै विद्यालय कम्तीमा तीन साता बन्द गर्नुपर्ने प्रस्ताव सीसीएसीमा लगेको थियो । सीसीएमसीको यो सिफारिस मन्त्रीपरिषदमा गएपछि निर्णय हुनेछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार