शनिबार थप ८४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७६८ जनामा र ६७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ प्रतिशत रहेको छ । कोरोनाको आशंकामा ७४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ५४५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा