Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ललितपुरको स्टार अस्पतालसहित ५ वटा निजी अस्पतालबाट पनि लगाइँदैछ चाइनिज खोप

ललितपुरको स्टार अस्पतालसहित ५ वटा निजी अस्पतालबाट पनि लगाइँदैछ चाइनिज खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर जिल्ला प्रशासनले सानेपास्थित स्टार अस्पतालसहित ५ अस्पताललबाट सर्वसाधारणलाई चाइनिज खोप लगाउने व्यवस्था गरेको छ ।

शुक्रबारबाट लागू हुने गरी ३ दिनका लागि खोप लगाउने व्यवस्था गर्न अस्पताललाई पत्र पठाएसँगै यी अस्पतालबाट पनि चाइनिज भेरोसिल खोप लगाइँदैछ । खोप  आइतबारसम्म मात्र चल्नेछ । १८ वर्षदेखि ५९ वर्षसम्मका सर्वसाधारणले आफनो उमेर खुल्ने परिचय पत्र लिएर आएर खोप लगाउन सक्ने स्टार अस्पतालका डा सन्देश जिसीले बताए । उनले बिहान ९ बजेदेखि ३ बजेसम्म खोप कार्यक्रम सूचारु हुने समेत जनाए ।

यसैगरी ललिलपुरको जावलाखेलमा रहेको अल्का अस्पताल, निदान अस्पताल, मेडिसिटी, सुमेरु अस्पतालबाट पनि खोप सञ्चालन भएको छ । चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप अभियान अहिले जारी रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार