भारतमा एकैदिन २ लाख ३४ हजार कोरोना संक्रमित थपिए, १३४१ को मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमणले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ३४ हजार ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा पहिलोपटक १३४१ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । भारतमा लगातार तेस्रो दिन २ लाख भन्दा बढी संक्रमित फेला परेका हुन्।
योसँगै भारतमा हालसम्म १ करोड ४५ लाख २६ हजा ६०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उता कोरोना संक्रमण भएर हालसम्म ज्यान गुमाउनेको संख्या नै १ लाख ७५ हजार ६४९ पुगेको छ । यसैगरी हाल देशभर १६ लाख ७९ हजार ७४० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकै क्रममा पनि त्यहाँ कोरोना विरुद्धको खोप दिने काम पनि सरकारले अघि बढाइरहेको छ ।
।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण