बढ्दैछ छ संक्रमितको संख्या, आज ९ सय जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमित थपिने क्रम दिनप्रतिदिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभर ५ हजार ५३७ पीसीआर परीक्षण गरिएकोमा ८३६ जनामा कोरोना पुष्टि भएको हो भने ६३१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
उता गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमतिको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा