Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जन्मेको २ दिनमा कोरोना संक्रमण, १४ दिनमा मृत्यु

जन्मेको २ दिनमा कोरोना संक्रमण, १४ दिनमा मृत्यु

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमणबाट १४ दिनको बच्चाको मृत्यु भएको छ ।

भारतको गुजरातमा १४ दिनको नवजात शिशुको मृत्यु भएको हो । गुजरातको सूरतको वराछा स्थित डायमंड अस्पतालमा उनको मृत्यु भएको हो । आमामा रुघाखोकी ज्वरो आइरहेका बेला जन्मिएकी बच्चीमा जन्मेको दुई दिनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरेर प्लाज्मा समेत चढाइएको भए पनि बिहिबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमणमा बालबालिका तथा युवा समूह बढी प्रभावित भएका छन्।

थप समाचार